काठमाडौँ, ९ असार । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज (बुधबार) सुनको भाउ प्रतितोलामा ३ सय रुपैयाँले घट्दै ९० हजार ७ सय रुपैयाँमा कायम रहेको छ । गत मंगलबार प्रतितोलामा ६ सय रुपैयाँले बढेर सुन ९१ हजार रुपैयाँमा कारोबार भएको थियो ।
आज यता तेजाबी सुनको मूल्य समेत घटेर ९० हजार २ सय रुपैयाँमा कायम रहेको छ ।
साथै चाँदीको भाउ पनि गत मंगलबारको तुलनामा प्रतितोला ५ रुपैयाँले घटेर १ हजार २ सय ९५ रुपैयाँ कायम रहेको महासंघले जनाएको छ ।




