काठमाडौँ, १० अनुसार । नेपाली बजारमा सुनको मूल्य सामान्य रुपमा घटेको छ।
आज (बिहीवार) सुनको मूल्य गत दिनको तुलनामा प्रतितोलामा २ सय रुपैयाँले घटेको हो। बिहीवार छापावाला सुन ९० हजार ५ सय रुपैयाँ प्रतितोलामा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
तेजाबी सुन भने मूल्य प्रतितोला ९० हजार रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। अघिल्लो दिन भने छापावाला सुनको मूल्य प्रतितोला ९० हजार ७ सय र तेजाबी सुनको मूल्य प्रतितोला ९० हजार २ सय रुपैयाँमा कारोबार भएको थियो।
त्यसैगरी बुधबार १२ सय ९५ रुपैयाँमा कारोबार भइरहेको चँदीको मूल्य स्थिर रहेको छ।




