काठमाडौँ, ११ असार । आज (शुक्रबार) नेपाली बजारमा सुनको भाउ स्थिर हुँदा चाँदीको भाउ सामान्य वृद्धि भएको छ । आज सुन गत बिहीबारकै मूल्य कायम हुँदै प्रतितोला ९० हजार ५ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यता चाँदीको मूल्य भने गत बिहीबारको मूल्यमा प्रतितोला ५ रुपैयाँले वृद्धि हुँदै १ हजार ३ सय रुपैयाँ कारोबार भएको छ ।
आज तेजाबी सुनको मूल्य पनि गत बिहीबारकै ९० हजार रुपैयाँ प्रतितोलामा कारोबार भएको महासंघले जनाएको छ ।




