advertisement

स्वास्थ्य परीक्षणमा उनलाई कोरोना देखिएपछि अस्पतालमा भर्ना गरियो। उनको परिवारका सबै ११ जनाको परीक्षण गराएको थियो। जाँचपछि उनकी श्रीमती, दुई छोरी, तीन भाइ र एक भतिजामा कोरोनाभाइरसको सङ्क्रमण देखिएको थियो।

" /> एकै परिवारका आठ नेपाली कोरोना संक्रमणबाट मुक्त - Sarbocha Media

एकै परिवारका आठ नेपाली कोरोना संक्रमणबाट मुक्त

`

     २०७७ वैशाख १७ गते ४:२९

काठमाडौ‌ं, १७ वैशाख । भारतमा एकै परिवारका आठ जना नेपाली कोरोना भाइरसको संक्रमण मुक्त भएका छन् ।

नेपालको अछाम जिल्लाको चैरपाटी निवासी उनीहरु भारतको मुम्बईमा बस्दै आएका छन् । उनीहरुमा अघिल्लो महिना कोरोनाभाइरसको सङ्क्रमण फेला परेको थियो ।

कोरोना संक्रमण देखिएका ८ जनालाई तीनवटा अलग–अलग अस्पतालमा करिब साढे तीन साताको उपचारपछि संक्रमणबाट मुक्त भएका छन् । कार चलाउने काम गर्ने माइलोलाई भारतमा प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोनाभाइरस नियन्त्रणको प्रयासमा लकडाउन घोषणा गर्नु अघि नै ज्वरो आइरहेको परिवार स्रोतले जनाएको छ ।

विभिन्न अस्पतालमा जाँच गराएर औषधि खाँदा समेत ज्वरो आउने, छाति दुख्ने र टाउको दुख्ने क्रम नभएपछि उनलाई कोरोनाभाइरस रहे या नरहेको परीक्षण गराएको थियो।

advertisement

स्वास्थ्य परीक्षणमा उनलाई कोरोना देखिएपछि अस्पतालमा भर्ना गरियो। उनको परिवारका सबै ११ जनाको परीक्षण गराएको थियो। जाँचपछि उनकी श्रीमती, दुई छोरी, तीन भाइ र एक भतिजामा कोरोनाभाइरसको सङ्क्रमण देखिएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?