काठमाडौं, १४ बैशाख । नेपाल कोरोना भाइरसको अति उच्च जोखिमबाट एक तह तल गएको जनाइएको छ ।
केही दिन अगाडि मात्र नेपाललाई विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले कोरोनाको अति उच्च जोखिममा रहेको बताएको थियो ।
छिमेकी मुलुक चीनको वुहान शहरमा कोरोना भाइरस देखिएको र भारतसँगको खुला सीमाका कारण नेपाललाई अतिउच्च जोखिममा राखिएको थियो ।

नेपालमा कोरोना संक्रमण फैलिन नदिनका लागि गत चैत ११ गतेदेखि लकडाउन गरिएको र स्वास्थ्य परीक्षणको दायरासमेत बढाइएकाले अति उच्च जोखिमबाट तल झरेको बताइएको छ ।




