काठमाडौं, असोज ११ । प्रहरीले घरबाटै नियन्त्रणमा लिएका पूर्व प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा छुटेका छन्।
उनलाई १० घन्टापछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट परिवारको जिम्मामा लगाएको एसपी रामेश्वर कार्कीले जानकारी दिए।
प्रहरीले आइतबार बिहान ३ बजे महाराजगन्जस्थित निवासबाटै राणालाई नियन्त्रणमा लिएको थियो।
लगत्तै प्रहरीले उनलाई टेकु स्थित काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय पुर्याएको थियो।




