advertisement

नेपालमा कोरोना संक्रमण फैलिन नदिनका लागि गत चैत ११ गतेदेखि लकडाउन गरिएको र स्वास्थ्य परीक्षणको दायरासमेत बढाइएकाले अति उच्च जोखिमबाट तल झरेको बताइएको छ ।

" /> नेपाल कोरोना भाइरसको अति उच्च जोखिमबाट तल झर्दै - Sarbocha Media

नेपाल कोरोना भाइरसको अति उच्च जोखिमबाट तल झर्दै

`

     २०७७ वैशाख १४ गते १:१०

काठमाडौं, १४ बैशाख । नेपाल कोरोना भाइरसको अति उच्च जोखिमबाट एक तह तल गएको जनाइएको छ ।

केही दिन अगाडि मात्र नेपाललाई विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले कोरोनाको अति उच्च जोखिममा रहेको बताएको थियो ।

छिमेकी मुलुक चीनको वुहान शहरमा कोरोना भाइरस देखिएको र भारतसँगको खुला सीमाका कारण नेपाललाई अतिउच्च जोखिममा राखिएको थियो ।

advertisement

नेपालमा कोरोना संक्रमण फैलिन नदिनका लागि गत चैत ११ गतेदेखि लकडाउन गरिएको र स्वास्थ्य परीक्षणको दायरासमेत बढाइएकाले अति उच्च जोखिमबाट तल झरेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?