जनकपुरधाम, ८ वैशाख। भारतबाट फर्केका धनुषाका वडा अध्यक्षको कोरोना संक्रमण र्यापिड डाइग्नोस्टिक टेष्ट (आरडीटी) विधिबाट गर्दा एन्टीबडी पोजेटिभ देखिएको छ ।
भारतको एक महिना बसाइपछि फर्केका जनकनन्दनी गाउँपालिका २ का वडाअध्यक्षको आरडीटी टेस्ट पोजेटिभ देखिएको हो । उनी गत चैत २२ गते साँझ नेपाल आएका थिए ।

वडाअध्यक्ष लुकेर घर आएको स्थानीयले बताएपछि चैत २४ गते उनलाई वडा नम्बर ४ स्थित विद्यालयको क्वारेन्टाइनमा राखिएको थियो ।
१४ दिन क्वारेन्टाइनमा राखिएपछि सोमबार उनको आरडीटी जाँच गर्दा पोजेटिभ देखिएको इलाका प्रहरी कार्यालयले जनाएको छ ।




