advertisement

जापानका चिकित्सकहरुले कोरोनाभाइरस संक्रमणको नयाँ बिरामीहरुको संख्या तिब्र रुपमा वृद्धि हुँदै जाँदा देशको चिकित्सकीय पद्धती ध्वस्त हुने जोखिम बढेको चेताबनी दिएका छन् ।

" /> जापानमा एक कोरोना संक्रमितले उपचारका लागि ८० वटा अस्पताल फन्को लगाउनुपर्यो - Sarbocha Media

जापानमा एक कोरोना संक्रमितले उपचारका लागि ८० वटा अस्पताल फन्को लगाउनुपर्यो

`

     २०७७ वैशाख ०८ गते १:११

एजेन्सी, वैशाख ८। जापानमा कोरोनाभाइरसको लक्षण देखिएपछि उपचारका लागि एक जना बिरामीले ८० वटा अस्पतालमा फन्को लगाउनुपरेको खबर बाहिर आएको छ ।

पहिलो चरणमा भाइरसको संक्रमण रोक्न तथा नियन्त्रणमा लिन सफल भएको जापानमा शनिबारसम्म दश हजार कोरोनाभाइरस संक्रमितको पुष्टि भएको छ ।

अधिकारीहरुका अनुसार कोरोनाभाइरस संक्रमणको अतिरिक्त चापले जटिल स्वास्थ्य स्थिति रहेका बिरामीको उपचार आकस्मिक सेवामा पनि सम्भव हुन सकेको छैन् ।

राजधानी टोक्यो सबैभन्दा बढी प्रभावित छन् । करिब दुईसय संक्रमितको मृत्यु भइसकेको छ । चिकित्सकहरुको समूहले अस्पताललाई सघाउन र चाप कम गर्न सम्भावित संक्रमितहरुको उपचार टोक्योस्थित जीपी सर्जरी नामक एक औषधालय अगाडि नै गर्न सुरु गरेको छ ।

advertisement

जापानका चिकित्सकहरुले कोरोनाभाइरस संक्रमणको नयाँ बिरामीहरुको संख्या तिब्र रुपमा वृद्धि हुँदै जाँदा देशको चिकित्सकीय पद्धती ध्वस्त हुने जोखिम बढेको चेताबनी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?