एजेन्सी, ३ बैशाख । कोरोना भाइरसको चपेटामा परिहेको समयमा पनि दक्षिण कोरियामा भने संसदको निर्वाचन भइरहेको छ।
निर्वाचनमा मास्क लगाएर मतदाताहरू गएका छन्। उनीहरूले निर्वाचनमा सामाजिक दूरीको नियम पालना गरीरहेको जनाइएको छ ।
समाचारसंस्थाहरूका अनुसार मतदानअघि उनीहरूको ज्वरो नापिएको थियो । मतदाताहरूलाई पहिला पन्जा र पछि मतपत्र दिइएको छ ।

यो निर्वाचनका लागि चार करोड ४० लाख नागरिक मतदाता छन्।




