काठमाडौँ, मंसिर १ । नेपालका लागि पाकिस्तानका राजदूत महामहिम मोहम्मद आमिर खानले आइतबार साँझ काठमाडौंमा सुदूरपश्चिम रोयल्सु का मुख्य प्रशिक्षक मिसबाह-उल-हकको सम्मानमा रात्रिभोजको आयोजना गरेको थिए । मिसबाह-उल-हक पाकिस्तान राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान हुन् ।
मिसबाहले पाकिस्तान क्रिकेट टोलीलाई सन् २०१२ को एसिया कप जिताउनुका साथै सन् २०१६ मा टेस्ट टोलीलाई आईसीसी टेस्ट वरीयताको शीर्ष स्थानमा पुर्याउन महत्त्वपूर्ण भूमिका खेलेका थिए ।




