advertisement

एकै घरमा फेला परेका ती सबै किशोरको तत्काल गाउँपालिकाको स्वास्थ्य टोलीद्वारा ज्वरो जाँच गर्दा अवस्था सामान्य रहेको पाइएको थियो । उनीहरुलाई तत्काल छुट्टै होम क्वारेन्टाइनमा १४ दिनसम्मका लागि राखिएको बताइएको छ।

" /> चोरबाटो हुँदै नेपाल प्रवेश गरेका १५ भारतीय मुस्लिम किशोर लुकेर बसेको अवस्थामा फेला - Sarbocha Media

चोरबाटो हुँदै नेपाल प्रवेश गरेका १५ भारतीय मुस्लिम किशोर लुकेर बसेको अवस्थामा फेला

`

     २०७६ चैत्र २५ गते ३:४६

महोत्तरी, २५ चैत । महोत्तरी एक घरमा सोमबार १५ भारतीय नागरिक लुकेर बसेको अवस्थामा फेला परेका छन् ।

सीमानाकासमेत बन्द गरेको अवस्थामा १५ किशोर सीमापारिबाट चोरबाटो हुँदै नेपाल प्रवेश गरेर महोत्तरीको एकडारा गाउँपालिका–५ बहेडा गाउँमा आएर लुकेर बसिरहेको अवस्थामा फेला परेका जामइएको छ ।

उनीहरु यही चैत २२ गते राति वनको बाटो हुँदै भारतको सीतामढी शहरबाट बहेडा गाउँमा आइपुगेका हुन् । तेह्र वर्षदेखि १८ वर्ष उमेर समूहका ती किशोर भारतको बिहारमा पर्ने किशनगञ्ज जिल्लाका हुन् । उनीहरु बहेडाकै एक साथीसहित भारतको उत्तर प्रदेशस्थित एक मदरसामा पढिरहेका थिए ।

advertisement

एकै घरमा फेला परेका ती सबै किशोरको तत्काल गाउँपालिकाको स्वास्थ्य टोलीद्वारा ज्वरो जाँच गर्दा अवस्था सामान्य रहेको पाइएको थियो । उनीहरुलाई तत्काल छुट्टै होम क्वारेन्टाइनमा १४ दिनसम्मका लागि राखिएको बताइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?