बाँके,२४ चैत । लकडाउनले गर्दा तरकारीको चरम अभाव भएको छ। खास गरी बेजारमा हरियो तरकारी पाउन छोडेको हो ।
यस्तै कर्णालीका बजारमा हरियो तरकारी पाउन छाडेको जनाइएको छ। हवाईबाट नेपालगन्ज र सुर्खेतबाट भित्रिने तरकारी आउन छाडेपछि स्थानीय बजारमा तरकारी पाउन छोडेको बताइएको छ ।

बाहिरबाट तरकारी आयात हुन छाडेपछि अहिले तरकारी अधिकांशले सिस्नु, बेथे र फापरको साग टिपेर तरकारीका रूपमा काम चलाउने गरेको स्थनीयले बताएका छन् ।
तरकारी व्यवसायीका अनुसार बजारमा हरियो तरकारी देखिनासाथ हारालुछ हुने गरेको छ ।




