आइतबार पनि सुनको भाउ स्थिर

`

     २०८० माघ १४ गते ११:२१

काठमाडौं, माघ १४ । आइतबार नेपाली बजारमा सुन–चाँदीको भाउ स्थिर रहेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १८ हजार रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १७ हजार चार सय ५० रूपैयाँमा कारोबार भइरहेको छ।

त्यसैगरी, आइतबार चाँदीको मूल्य पनि स्थिर रहेको छ।

शुक्रबार प्रतितोला १४ सय रूपैयाँमा कारोबार भएको चाँदी आइतबार पनि सोही मूल्यमा किनबेच भइरहेको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?