सुनचाँदीको मुल्य बढ्यो
काठमाडौँ, पौष १७ । मंगलबार सुनचाँदीको मुल्य बढेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख २१ हजाररुपैयाँमा कारोबार भइरहेको छ ।
यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख २० हजार ४०० रुपैयाँ कायम गरिएको छ । यसअघि सोमबार सुनको कारोबार स्थिर रहेको थियो । सोमबारको तुलनामा ५०० रुपैयाँले सुनको मुल्य बढेको हो ।
मंगलबार चाँदीको मुल्य पनि बढेको छ। मंगलबार चाँदीको मुल्य प्रतितोला १४ सय ६० रुपैयाँ कायम रहेको छ । सोमबार चाँदी प्रतितोला १४ सय ५५ रुपैपाँमा कारोबार भएको थियो ।




