सुनचाँदीको मूल्यमा गिरावट

`

     २०८० माघ ०२ गते ११:२०

काठमाडौं, माघ २ । मंगलबार नेपाली बजारमा सुन–चाँदीको मूल्य सामान्य घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १९ हजार चार सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १८ हजार आठ सय ५० रूपैयाँमा कारोबार भइरहेको छ।

सोमबार छापावाल सुन प्रतितोला एक लाख १९ हजार पाँच सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १८ हजार नौ सय ५० रूपैयाँमा कारोबार भएको थियो।

सोमबार प्रतितोला १४ सय २० रूपैयाँमा कारोबार भएको चाँदी मंगलबार प्रतितोला १४ सय १५ रूपैयाँमा किनबेच भइरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?