एजेन्सी, चैत २३ । अमेरिकामा रहेका करिब ५०० जना बढी नेपाली कोरोना संक्रमितको सिकार बनेका छन् ।
हालसम्म अमेरिकामा कोरोनाबाट नेपालीमूलका एक जनाको ज्यान गएको छ भने करिब ५०० कोरोना भाइरसबाट सङ्क्रमित भएको जनाइएको छ । आधिकारिकरूपमा भने अमेरिकामा रहेका कति नेपाली कोरोनाबाट सङ्क्रमित भन्नेबारे एकज्याक तथ्यांक नाएको बताइएको छ ।
नेपालीहरु अमेरिकाको न्यूयोर्क, क्यालिफोर्निया, न्यूजर्सी, पेन्सलभेनिया, टेक्सासलगायतका स्थानमा बढी बसोबास गर्ने तथ्याङ्क छ ।यसैगरी मेरिल्याण्ड, न्यूह्याम्पसायर, कनेक्टिकट, भर्जिनिया, नर्थ क्यारोलिना, कोलोराडो वासिङ्टन इलोनोइजमा पनि बसोबास गर्दै आएका छन् ।

अमेरिकाको पचासै राज्यमा कोरोना भाइरसको सङ्क्रमण देखिएको छ भने मुख्यरूपमा न्यूयोर्कमा बढी देखिएको । न्ययोर्कमा मात्र करिब ४० हजार नेपाली बसोबास गर्ने गरेको अनौपचारिक तथ्याङ्क रहेको छ ।
तथ्याङ्क केलाउँदा करिब ५०० कोरोना भाइरसको सङ्क्रमित भएको देखिएको छ । तीमध्ये ८० प्रतिशतभन्दा बढी घरमा नै आइसोलेसनमा बसेका छन्




