काठमाडौं,२२ चैत । बहराइनमा ९ जना नेपाली कामदार कोरोना भाइरसको संक्रमित फेला परेका छन् ।
एउटै क्याम्पमा बसेका ९ जना कामदारमा एकैदिन कोरोना पोजिटिभ देखिएको बहराइनस्थित नेपाली दूतावासले जनाएको हो । उक्त क्याम्पमा अझै कति नेपाली छन् भन्ने नखुलेको बताइएको छ।
शुक्रबारसम्म १२ नेपाली सहित २ सय ८६ जनाको उपचार भइरहेको बहराइनको स्वास्थ्य मन्त्रालय अनुल जनाएकोछ ।

३ सय ८२ जना भने निको भएर अस्पतालबाट घर वा क्याम्प फर्किसकेका छन् । ४ जनाको मृत्यु भएको छ । हालसम्म ३७ हजार ९ सय ९६ जनाको स्वास्थ्य परीक्षण भइसकेको छ।




