काठमाडौं, चैत १५ । कोरोना भाइरस अर्थात कोभिड–१९ संक्रमण नियन्त्रण गर्न अत्यावश्यक औषधी चीनबाट आज नेपाल आइपुग्ने भएको छ ।
कोरोना भाइरसको सङ्क्रमण नियन्त्रण गर्न तत्काल अत्यावश्यक औषधीय सामग्री चीनबाट शनिबार आइपुग्ने परराष्ट्र मन्त्रालयले जानकारी दिएको हो । औषधी शनिबार ल्याउनका लागि चीनको छेन्दुमा सङ्कलन भइरहेको बताइएको छ ।

स्वास्थ्य मन्त्रालयका तर्फबाट आवश्यक सामग्रीको सूची परराष्ट्र मन्त्रालय मार्फत चीनमा पठाइएको थियो । माग अनुसारका सामग्री आउनेमा सरकार विश्वस्त रहेको
मन्त्रालयले जनाएको छ ।




