काठमाडौं, १० चैत। नेपाली काँग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ)ले काठमाडौं उपत्यकामा रहेका विद्यार्थीले घर भाडामा ५० प्रतिशत छुट पाउनुपर्ने भन्दै एक विज्ञप्ती जारी गरेकाे छ ।
नेविसंघले उपत्यकामा भाडामा बस्ने विद्यार्थीलाई कोरोना भाइरसले निम्त्याएको संकटको अवधिभर ५० प्रतिशत छुटको व्यवस्था मिलाउन आइतबार एक विज्ञप्ति जारी गर्दै यस विषयमा सरकार र सरोकारवालाहरुको ध्यानाकर्षण गराएको हो । यस्तै उपत्यका बाहिर घर भएका र घर जान इच्छुक विद्यार्थीलाई निःशुल्क घर जाने व्यवस्था गर्न नेविसंघले सरकारसंग माग गरेकाे छ ।

यस्तै इन्टरनेट सेवा प्रदायकहरुलाई सहुलियत वा कर छुट दिएर कोरोनाको संकट अवधिभर इन्टरनेट सेवा निःशुल्क उपलब्ध गराउनकाेसाथै अत्यावश्यक उपभोग्य बस्तुको कृतिम अभाव, महंगी र कालोबजारीको प्रभावकारी अनुगमन र नियन्त्रण गर्न नेविसंघले आग्रह गरेको छ ।




