भैरहवामा अलपत्र यात्रुलाई चार्टर विमानबाट काठमाडौँ ल्याउने

`

     २०८२ आश्विन १९ गते ६:१४

काठमाडौँ, १९ असोज । असोज ११ र १२ गते दुई दिन परेका अविरल वर्षापछि भैरहवामा अलपत्र परेका यात्रुहरूलाई चार्टर विमानमार्फत काठमाडौँ ल्याउने तयारी भएको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार नेपाल वायु सेवा निगमले काठमाडौँ–भैरहवा–काठमाडौँ चार्टर उडान गर्न अनुमति मागेको छ ।

निगमले सडक यातायात अवरुद्ध हुँदा धेरै यात्रुहरू भैरहवामा अलपत्र परेको भन्दै चार्टर उडान गर्ने अनुमति माग गरेको प्राधिकरणले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?