काठमाडौँ, १९ असोज । असोज ११ र १२ गते दुई दिन परेका अविरल वर्षापछि भैरहवामा अलपत्र परेका यात्रुहरूलाई चार्टर विमानमार्फत काठमाडौँ ल्याउने तयारी भएको छ ।
नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार नेपाल वायु सेवा निगमले काठमाडौँ–भैरहवा–काठमाडौँ चार्टर उडान गर्न अनुमति मागेको छ ।
निगमले सडक यातायात अवरुद्ध हुँदा धेरै यात्रुहरू भैरहवामा अलपत्र परेको भन्दै चार्टर उडान गर्ने अनुमति माग गरेको प्राधिकरणले जनाएको छ ।




