जेनजीलाई सम्झँदै राष्ट्रपतिले भने- हरेक पुस्ताको सहभागिताले लोकतन्त्र बलियो बन्छ

`

     २०८२ आश्विन ०३ गते ४:४८

काठमाडौं, ३ असोज । राष्ट्रपति रामचन्द्र पौडेलले जेन(जी आन्दोलनकारीहरूलाई सम्झँदै आफू पनि १७ वर्षमा राजनीतिमा होमिएको स्मरण गरेका छन् ।

संविधान दिवसको अवसरमा शुक्रबार राष्ट्रपति कार्यालयले आयोजना गरेको चियापान समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले हरेक पुस्ताको सहभागिताले लोकतन्त्र बलियो हुँदै जाने बताए ।

हरेक पुस्ताको सहभागिताले लोकतन्त्र बलियो हुँदै जान्छ भन्ने दृढ विश्वास छ,’ उनले भने, ‘म पनि १७ वर्षको उमेरमा २०१७ सालमा प्रजातन्त्रको लागि राजनीतिमा होमिएको थिएँ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?