काठमाडौं, ३ असोज । राष्ट्रपति रामचन्द्र पौडेलले जेन(जी आन्दोलनकारीहरूलाई सम्झँदै आफू पनि १७ वर्षमा राजनीतिमा होमिएको स्मरण गरेका छन् ।
संविधान दिवसको अवसरमा शुक्रबार राष्ट्रपति कार्यालयले आयोजना गरेको चियापान समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले हरेक पुस्ताको सहभागिताले लोकतन्त्र बलियो हुँदै जाने बताए ।
हरेक पुस्ताको सहभागिताले लोकतन्त्र बलियो हुँदै जान्छ भन्ने दृढ विश्वास छ,’ उनले भने, ‘म पनि १७ वर्षको उमेरमा २०१७ सालमा प्रजातन्त्रको लागि राजनीतिमा होमिएको थिएँ ।’




