राजनीतिलाई त्यागेर वडाध्यक्ष लामा रोजगारीका लागि उडे विदेश

`

     २०८२ भाद्र ११ गते १२:४२

११ भदौ, गोरखा । गोरखाको चुमनुब्री गाउँपालिका–६ वडाध्यक्ष सरोज लामा रोजगारीका लागि विदेशिएका छन् । लामा २०७९ सालमा भएको स्थानीय तह निर्वाचनमा नेकपा माओवादी केन्द्रबाट निर्वाचित भएका थिए ।

उनले वडा सदस्य ठिन्ले घ्याम्छो लामालाई कार्यवाहकको जिम्मेवारी दिएर रोजगारीका लागि जर्मनी गएको परिवारिक स्रोतले जनाएको छ ।

उनले सामाजिक सन्जालमा इमान्दारीपूर्वक काम गरेको तर जस नपाएकाले विदेशिएको लेखेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?