११ भदौ, गोरखा । गोरखाको चुमनुब्री गाउँपालिका–६ वडाध्यक्ष सरोज लामा रोजगारीका लागि विदेशिएका छन् । लामा २०७९ सालमा भएको स्थानीय तह निर्वाचनमा नेकपा माओवादी केन्द्रबाट निर्वाचित भएका थिए ।
उनले वडा सदस्य ठिन्ले घ्याम्छो लामालाई कार्यवाहकको जिम्मेवारी दिएर रोजगारीका लागि जर्मनी गएको परिवारिक स्रोतले जनाएको छ ।
उनले सामाजिक सन्जालमा इमान्दारीपूर्वक काम गरेको तर जस नपाएकाले विदेशिएको लेखेका छन् ।




