काठमाडौँ, श्रावण ३० । नेपाली काँग्रेस सभापति शेरबहादुर देउवाले हिजो पार्टीमा भित्र्याएका महोत्तरीका देवेन्द्र यादवलाई कांग्रेसले आज निस्कासित गरेको छ ।
कांग्रेसले शुक्रबार एक विज्ञप्ति जारी गर्दै विहिबार सभापति देउवाले पार्टीको सदस्यता दिएका यादव फौजदारी कानूनी कारवाही प्रकृया रहेकोले उनको सदस्यता खारेज गरेको जानकारी दिइएको छ ।




