काठमाडौं, ७ चैत । युएईबाट एयर ईण्डिया फ्लाईटमार्फत दिल्ली हुँदै नेपाल आउन लागेका २८ नेपाली दिल्ली एयरपोर्टमा अलपत्र परेका छन् ।
आवुधावी, दुबई लगायतबाट नयाँ दिल्ली हुँदै नेपाल आउँदै गरेका उनीहरुलाई कोरोना टेष्टका नाममा एयरपोर्टमा रोकिएपछि अलपत्र परेका हुन् । बिहान ४ बजे एयरपोर्ट आइपुगेका उनीहरु अहिलेसम्म नेपाल आउन नपाएको एक पीडितले बताए ।

कोरना चेक गर्ने भन्दै समय लम्व्याएपछि प्लेन छुटेको र अहिले नेपाल जान ४० हजार देखि ६० हजार भारतीय रुपैयाँ तिरी टिकट काट्नु परेको पीडित नेपालीहरुले बताएका छन् ।
भारतमा जनता कर्फ्यू घोषणा समेत गरिसकेकाे छ । बिहीबार साँझ नै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आउँदो आइतबार विहान ७ बजेदेखि साँझ ६ बजेसम्म जनता कर्फ्यू घोषणा गरिसकेका छन् ।





