कास्की, ६ चैत । कास्कीमा कार्यरत श्रेष्तेदार ३० लाख रुपैयाँ घुससहित एक नियन्त्रणमा लिएको छ ।
बुधबार जिल्ला अदालत, कास्कीमा कार्यरत श्रेष्तेदार लोकनाथ पराजुली ३० लाख रुपैयाँ घुससहित पक्राउ परेका हुन् ।
अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराबाट खटिएको टोलीले उनलाई रंगेहात नियन्त्रणमा लिएको जनाइएको छ ।

पराजुलीले अदालतको नियन्त्रणमा रहेको गाडी छुटाइदिने प्रयोजनका लागि घुस लिएको खुलेको बताइएको छ ।




