काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को आधा वर्ष सकिँदा सरकारको आम्दानी र खर्चबीच झन्डै १ खर्ब रुपैयाँ बराबर खाडल देखिएको छ ।
महालेखा नियन्त्रकको कार्यालयका अनुसार पुस मसान्तसम्म सरकारले ६ खर्ब ६७ अर्ब ६० करोड १९ लाख बराबर खर्च गरेको छ । यसबीच सरकारको आम्दानी भने ५ खर्ब ७४ अर्ब ७६ करोड ७९ लाखमात्र छ ।
यसरी सरकारको खर्च र आम्दानीबीच ९२ अर्ब ८३ करोड बराबर खाडल देखिन्छ ।




