सरकारको खर्च र आम्दानीबीच ९२ अर्ब ८३ करोड बराबर खाडल

`

     २०८१ माघ ०१ गते ६:१६

काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को आधा वर्ष सकिँदा सरकारको आम्दानी र खर्चबीच झन्डै १ खर्ब रुपैयाँ बराबर खाडल देखिएको छ ।

महालेखा नियन्त्रकको कार्यालयका अनुसार पुस मसान्तसम्म सरकारले ६ खर्ब ६७ अर्ब ६० करोड १९ लाख बराबर खर्च गरेको छ । यसबीच सरकारको आम्दानी भने ५ खर्ब ७४ अर्ब ७६ करोड ७९ लाखमात्र छ ।

यसरी सरकारको खर्च र आम्दानीबीच ९२ अर्ब ८३ करोड बराबर खाडल देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?