काठमाडौं, मङ्सिर ११ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने बयानका लागि आज काठमाडौँ नल्याइने भएको छ । कास्की प्रहरीको हिरासतमा रहेका लामिछानेलाई यसअघि आज काठमाडौँ ल्याइने बताइएको थियो ।
तर आज उनलाई काठमाडौँ ल्याउने योजना स्थगित भएको छ । अब उनलाई भोली या पर्सी मात्र काठमाडौँ ल्याउने बताइएको छ ।




