काठमाडौं, ४ चैत । पछिल्लो दुई महिनामा देशभर ३६ जनामा डेंगु देखिएको छ ।
वर्षामा देखिने डेंगु हिजो–आज नै देखिन थालेको हो । जलवायु परिवर्तनको असरले हिउँदमा पनि डेंगु फैलिएको हुन सक्ने जानकारले औंल्याएका छन् ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार सन् २०२० जनवारीदेखि मार्च १३ सम्म देशभर ३६ जनालाई डेंगु परिक्षण पोजेटिभ देखिएको छ ।

झापा, मोरङ, सुनसरी : ६ जनामा डेंगु
काठमाडौं, ललितपुर, नुवाकोट र मकवानपुर : ९ जनामा डेंगु
गोरखा, म्याग्दी, कास्की र नवलपरासी पूर्व : ५ जनामा डेंगु
रुपन्देही, कपिलवस्तु, बाँके र नवलपरासी पश्चिम : १४ जनामा डेंगु
डडेल्धुरा र कैलाली : २ जनामा डेंगु
गत बर्ष कै लार्भाबाट लामखुट्टे बढेको र यसले डेंगु बढ्न सक्ने विज्ञहरुको अनुमान छ ।




