काठमाडौं, १५ चैत । सरकारले नेपाल पर्यटन बोर्डको कार्यकारी समितिको रिक्त ३ सदस्य पदमा ऋषिराम भण्डारी, राजेन्द्रबहादुर लामा र रामप्रसाद सापकोटालाई मनोनयन गर्ने निर्णय लिएको छ।
आज बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको हो । त्यस्तै, मन्त्रिपरिषद्को बैठकले अन्य विभिन्न चार वटा निर्णयसमेत गरेको छ ।




