काठमाडौँ, फाल्गुण १३ । इलाम-२ को उपनिर्वाचन आगामी बैशाख १५ गते हुने भएको छ ।
निर्वाचन आयोगले इलाम-२ को प्रतिनिधि सभाको र उपनिर्वाचन बझाङको प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र १ को प्रदेश सभा निर्वाचन बैशाख १५ गते शनिबार हुने जानकारी दिएको हो ।
इलाम जिल्ला प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. २ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य सुवासचन्द्र नेम्वाङ्ग र बझाङ जिल्ला प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. १ को प्रदेश सभा निर्वाचन क्षेत्र नं. १ बाट निर्वाचित प्रदेश सभा सदस्य पृथ्वी बहादुर सिंहको निधन भएपछि रिक्त रहेको थियो ।




