इलाम – २ को उपनिर्वाचन बैशाख १५ गते हुने

`

     २०८० फाल्गुन १३ गते २:२५

काठमाडौँ, फाल्गुण १३ । इलाम-२ को उपनिर्वाचन आगामी बैशाख १५ गते हुने भएको छ ।

निर्वाचन आयोगले इलाम-२ को प्रतिनिधि सभाको र उपनिर्वाचन बझाङको प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र १ को प्रदेश सभा निर्वाचन बैशाख १५ गते शनिबार हुने जानकारी दिएको हो ।

इलाम जिल्ला प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. २ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य सुवासचन्द्र नेम्वाङ्ग र बझाङ जिल्ला प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. १ को प्रदेश सभा निर्वाचन क्षेत्र नं. १ बाट निर्वाचित प्रदेश सभा सदस्य पृथ्वी बहादुर सिंहको निधन भएपछि रिक्त रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?