काठमाडौँ, पुस २३ । यही माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि विभिन्न दलका ५२ जनाले उम्मेदवारी दर्ता गराएका छन् । निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार सोमबार बिहान १० बजेदेखि अपरान्ह ३ बजेसम्म सातवटै प्रदेशको निर्वाचन अधिकृतको कार्यालयमा शान्तिपूर्ण रूपमा उम्मेदवारको मनोनयनपत्र दर्ता भएको छ।




