काठमाडौं, पुस ११ । नेपाली कांग्रेसका नेता गुरूराज घिमिरेले सभापति शेरबहादुर देउवाले सभापति र संसदीय दलको नेता दुवै पदबाट राजीनामा दिनुपर्ने बताएका छन्।
चुनावअघि गठबन्धन गरेर नजाने नेताहरूले भनिरहे पनि गठबन्धन गर्ने निर्णय गराएको र अहिले गठबन्धन जोगाउन नसकेको भन्दै घिमिरेले दुवै पदबाट देउवाले राजीनामा दिनुपर्ने बताएका हुन्।
देउवाले दुवै पदबाट राजीनामा नदिए छिट्टै विशेष महाधिवेशन बोलाइनेसमेत घिमिरेले बताएका छन्।




