देउवाले सभापति र संसदीय दलको नेताबाट राजीनामा दिनुपर्छ : गुरुराज घिमिरे

`

     २०७९ पौष ११ गते १०:२२

काठमाडौं, पुस ११ । नेपाली कांग्रेसका नेता गुरूराज घिमिरेले सभापति शेरबहादुर देउवाले सभापति र संसदीय दलको नेता दुवै पदबाट राजीनामा दिनुपर्ने बताएका छन्।

चुनावअघि गठबन्धन गरेर नजाने नेताहरूले भनिरहे पनि गठबन्धन गर्ने निर्णय गराएको र अहिले गठबन्धन जोगाउन नसकेको भन्दै घिमिरेले दुवै पदबाट देउवाले राजीनामा दिनुपर्ने बताएका हुन्।

देउवाले दुवै पदबाट राजीनामा नदिए छिट्टै विशेष महाधिवेशन बोलाइनेसमेत घिमिरेले बताएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?