आइतबारबाट समानुपातिकबाट निर्वाचित सांसदहरूलाई प्रमाण पत्र वितरण गर्ने

`

     २०७९ मंसिर २८ गते २:१८

काठमाडौँ, मङ्सिर २८ । निर्वाचन आयोगले समानुपातिकतर्फ निर्वाचित सांसदहरुलाई आइतबार प्रमाणमात्र वितरण गर्ने भएको छ ।

प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले आइतबार आयोगकै परिसरमा समानुपातिकतर्फ निर्वाचित सांसदहरुलाई प्रमाणपत्र वितरण गर्ने जानकारी दिएका छन् ।

आयोगले प्रत्यक्ष र समानुपातिकतर्फको अन्तिम मत परिणाम बुधबार घोषणा गरेको छ ।

अब आयोगले अन्तिम परिणाम राष्ट्रपतिलाई बुझाएपछि नयाँ सरकार निर्माणको प्रक्रिया शुरु हुने व्यवस्था रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?