काठमाडौँ, मङ्सिर २८ । निर्वाचन आयोगले समानुपातिकतर्फ निर्वाचित सांसदहरुलाई आइतबार प्रमाणमात्र वितरण गर्ने भएको छ ।
प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले आइतबार आयोगकै परिसरमा समानुपातिकतर्फ निर्वाचित सांसदहरुलाई प्रमाणपत्र वितरण गर्ने जानकारी दिएका छन् ।
आयोगले प्रत्यक्ष र समानुपातिकतर्फको अन्तिम मत परिणाम बुधबार घोषणा गरेको छ ।
अब आयोगले अन्तिम परिणाम राष्ट्रपतिलाई बुझाएपछि नयाँ सरकार निर्माणको प्रक्रिया शुरु हुने व्यवस्था रहेको छ ।




