काठमाडौँ, मङ्सिर २६ । सरकारले मुलुकी फौजदारी संहिता संशोधन गर्न अध्यादेश ल्याउने तयारी गरेपछि यसको विरोध पनि शुरु भएको छ ।
सरकारले रेशम चौधरीसहित राजनीतिक दलका कार्यकर्तालाई छुटाउन अध्यादेश ल्याउने निर्णय गरेपछि गगन थापाले सरकारले अध्यादेश तत्काल फिर्ता लिनुपर्ने बताएका छन् ।
सामाजिक सञ्जालमार्फत महामन्त्री थापाले यो अध्यादेश कानूनी, राजनीतिक र नैतिक हिसावले समेत गलत रहेको बताउदै यो असंवैधानिक र संसदीय व्यवस्थाको मर्म विपरित भएको बताएको छ ।
महामन्त्री थापाले पार्टीभित्र यो अध्यादेशका बारेमा कुनै छलफल नभएको बताउदै विगतमा पार्टीको अडान जे थियो आज पनि त्यहि रहेको उनले जानकारी गराए ।



