इरानमा सुरक्षाकर्मी र प्रदर्शनकारीबिच झडप हुँदा १७ जनाको मृत्यु

`

     २०७९ आश्विन ०७ गते १:४४

काठमाडौँ, ७ आश्विन । इरानमा एक कुर्दिश युवती महसा अमिनीको हिरासतमा ज्यान गएको विषयलाई लिएर आन्दोलन चर्किएको छ ।

सुरक्षाकर्मी र प्रदर्शनकारीबीच भएको पछिल्लो झडपमा परी १७ जनाले ज्यान गुमाएका समाचार संस्था एएफपीले जनाएको छ । गएको हप्ता अनुचित तरिकाले हिजाब लगाएको आरोपमा तेहरानबाट पक्राउ परेकी २२ वर्षीया अमिनीको हिरासतमै ज्यान गएको थियो ।

झडपमा केही सुरक्षाकर्मीले पनि ज्यान गुमाएका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?