काठमाडौँ, ७ आश्विन । इरानमा एक कुर्दिश युवती महसा अमिनीको हिरासतमा ज्यान गएको विषयलाई लिएर आन्दोलन चर्किएको छ ।
सुरक्षाकर्मी र प्रदर्शनकारीबीच भएको पछिल्लो झडपमा परी १७ जनाले ज्यान गुमाएका समाचार संस्था एएफपीले जनाएको छ । गएको हप्ता अनुचित तरिकाले हिजाब लगाएको आरोपमा तेहरानबाट पक्राउ परेकी २२ वर्षीया अमिनीको हिरासतमै ज्यान गएको थियो ।
झडपमा केही सुरक्षाकर्मीले पनि ज्यान गुमाएका छन् ।




