एजेन्सी, ११ फागुन । चीनबाट फैलिएको कोरोना भाइरसकाे संक्रमन अहिले विश्वभर फैलिरहेको छ । यस्तै इटलीमा पनि कोरोना भाइरसको संक्रमन फैलिएको छ ।
कोरोना भाइरसबाट इटलीमा अहिलेसम्ममा ५ जनाको ज्यान गइसकेको छ भने बिरामीहरूको सङ्ख्या ७९ पुगेका छन् । कोरोनाभाइरसको सङ्क्रमितहरू बढ्दै गएपछि इटलीले यसको प्रकोप नियन्त्रण गर्न असाधारण उपाय अपनाउने भएको जनाइएको छ। शनिवार राति प्रधानमन्त्री जुजेपे कोन्टेले आपत्कालीन योजना घोषणा गरेका हुन्।

योजना अन्तर्गत उत्तरी क्षेत्रका लोम्बार्डी र भेनेटोका एक दर्जन सहरहरूलाई क्वारन्टीनको अवस्थामा राखिएको छ। ती सहरहरूका झन्डै ५०,००० मानिसहरूलाई घरभित्रै रहन भनिएको छ।




