काठमाडौँ, १२ जेष्ठ । नेकपा एकीकृत समाजवादीले काठमाडौं महानगरको वडा नम्बर १५ मा ईश्वरमान डंगोलले जित हात पारेको छ ।
उनले ३ हजार ४ सय ४६ मत पाएका छन् । उनका निकटतम प्रतिस्पर्धी काँग्रेसका जिवन डंगोलले १ हजार ५ सय ७२ मत पाएका छन् ।
उनी यसअघि २०७४ को निर्वाचनमा एमालेका तर्फबाट सोही वडामा निर्वाचित रहेका थिए ।




