काठमाडौँ महानगरको वडा नम्बर १५ मा नेकपा एकीकृत समाजवादी विजयी

`

     २०७९ ज्येष्ठ १२ गते २:५०

काठमाडौँ, १२ जेष्ठ । नेकपा एकीकृत समाजवादीले काठमाडौं महानगरको वडा नम्बर १५ मा ईश्वरमान डंगोलले जित हात पारेको छ ।

उनले ३ हजार ४ सय ४६ मत पाएका छन् । उनका निकटतम प्रतिस्पर्धी काँग्रेसका जिवन डंगोलले १ हजार ५ सय ७२ मत पाएका छन् ।

उनी यसअघि २०७४ को निर्वाचनमा एमालेका तर्फबाट सोही वडामा निर्वाचित रहेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?