ललितपुर महानगरपालिका वडा न. १३ मा स्वतन्त्र उम्मेदवार गणेश केसी विजयी

`

     २०७९ ज्येष्ठ ०९ गते ६:३५

काठमाडौँ, जेठ ९ । ललितपुर महानगरपालिका वडा न. १३ मा अर्का स्वतन्त्र उम्मेदवार विजयी गणेश केसी भएका छन् । केसीले ८६८ मत पाएर विजयी भएका हुन् ।

उनले निकटतम प्रतिस्पर्धी निरन केसी ६८९ मत पाएर पराजित भए । यस्तै नेपाली काँग्रेसका जितेन्द्र गजुरेल ६४२ मत पाएर तेस्रो भए । यसअघि वडा न. १ मा पनि स्वतन्त्र उम्मेदवार निर्मल तण्डुकार ६६१ मतका साथ विजयी भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?