काठमाडौँ, जेठ ९ । ललितपुर महानगरपालिका वडा न. १३ मा अर्का स्वतन्त्र उम्मेदवार विजयी गणेश केसी भएका छन् । केसीले ८६८ मत पाएर विजयी भएका हुन् ।
उनले निकटतम प्रतिस्पर्धी निरन केसी ६८९ मत पाएर पराजित भए । यस्तै नेपाली काँग्रेसका जितेन्द्र गजुरेल ६४२ मत पाएर तेस्रो भए । यसअघि वडा न. १ मा पनि स्वतन्त्र उम्मेदवार निर्मल तण्डुकार ६६१ मतका साथ विजयी भएका थिए ।




