काठमाडौं, जेठ ९ । निम्नमाध्यमिक तहको अध्यापन अनुमति पत्र (लाइसेन्स)को परीक्षाका लागि शिक्षक सेवा आयोगले विज्ञापन खुला गरेको छ। जेठ ६ गतेको आयोगको निर्णयअनुसार आजदेखि अनलाइन प्रणालीबाट दरखास्त दिन सकिने गरी विज्ञापन खुला गरिएको हो।
विज्ञापनको विस्तृत विवरण आयोगले वेबसाइटमा राखेको छ। असार ७ गतेसम्म दरखास्त दिन सकिनेछ।



